यस वर्षका उत्कृष्ट करदाता : नेपाल टेलिकम, नबिल बैंकदेखि भाटभटेनी सुपरमार्केटसम्म
काठमाडौँ । यस वर्षको उत्कृष्ट करदाता घोषणा गरिएको छ । कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले शनिवार आयोजना गरेको कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
आर्थिक वर्ष २०७९–८० मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरिएको थियो । त्यसरी छानिएका व्यक्ति तथा संस्थाहरूलाई अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट करदाताको प्रमाणपत्रसहित सम्मानित गरेका हुन् ।
यी हुन् यस वर्षका उत्कृष्ट करदाताहरू
सबैभन्दा धेरै आयकर तिर्ने : नेपाल टेलिकम
एकलौटी फर्मतर्फ : श्रुति ट्रेडर्स
निर्यात : डाबर नेपाल
सूचना प्रविधि निर्यात : कोडावतार टेक प्रालि
कृषि तथा पशुपंक्षीजन्य उद्योग : पतञ्जलि आयुर्वेद
बैङ्क तथा वित्तीय संस्था : नबिल बैङ्क
स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ : लुम्बिनी मेडिकल कलेज
पर्यटन व्यवसाय : तारागाउँ रिजेन्सी होटल
वस्तु व्यापार : भाटभटेनी सुपर मार्केट
५० करोडदेखि १ अर्बसम्मको कारोबारमा बढी कर तिर्ने : सीडीएस एन्ड क्लियरिङ
ऊर्जा : भोटेकोसी पावर कम्पनी
रेमिटेन्स तथा मनि ट्रान्सफर : सिटी एक्सप्रेस मनि ट्रान्सफर
व्यक्तिगत आयकर : राजबहादुर शाह
मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमित : होङ्सी सिमेन्ट
५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने : सोल्टी इन्टरप्राइजेज
विशेष उद्योग : वरुण वेभरेज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण