१९ वर्षपछि रिङमा फर्किएका टाइसन पराजित
शनिबार, ०१ मङ्सिर २०८१, ११ : ३३
डालास । चर्चित बक्सर माइक टाइसन युट्युबर जेक पाउलसँग पराजित भएका छन् । शनिबार डालासको एटीएन्डटी स्टेडियममा भएको बक्सिङ खेलमा सर्वसम्मत निर्णयका आधारमा टाइसन पराजित भएका हुन् ।
१९ वर्षपछि बक्सिङको रिङमा फर्किएका ५८ वर्षीय टाइसनको पुनरागमन सुखद हुन सकेन । आफ्नो पछिल्लो खेलमा उनी केभिन म्याकब्राइडसँग पराजित भएका थिए । एक निर्णायकले पाउलको पक्षमा ८०–७२ को अङ्क दिए भने दुई निर्णायकले ७९–७३ को अङ्क दिए । पाउलको करियरको १२ औँ खेलमा उनको ११ औँ जित हो । उनले एक मात्र खेल बक्सर टमी फ्युरीसँग गुमाएका थिए ।
खेलपछि कुराकानी गर्दै पाउलले माइक टाइसनसँग खेल्न पाउन आफ्नो लागि गर्वको कुरा भएको बताए । ‘आजको खेल अपेक्षा अनुसार कठिन भयो । उहाँ मैले सोचे जस्तै प्रस्तुत हुनुभयो । उहाँ महान् हुनुहुन्छ, एक आइकन हुनुहुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण