राप्रपाका शीर्ष नेता सुदूरपश्चिम प्रदेशकाे भ्रमणमा जाँदै
शनिबार, ०१ मङ्सिर २०८१, १२ : १५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता र कार्यकर्ताहरुले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएका छन् । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा नेता कार्यकर्ताहरुले आइतबारदेखि सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएका हुन् ।
बाजुराबाट सुरु हुने सो यात्रा अछाम, डोटी, कञ्चनपुर र कैलालीसम्मको हुने जनाइएकाे छ। राप्रपाले यसअघि कर्णाली प्रदेशको यात्रा गरेको थियो । जनताका कुरा सुन्न र आफ्ना कुरा राख्न राप्रपाले यो अभियान सुरु गरेको हो ।
पार्टीले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठकाअनुसार मंसिर ३ गते बाजुराको कोल्टी, ४ गते अछामको मंगलसेन, ५ गते डोटी, ६ गते कञ्चनपुर र ७ गते कैलालीको साडेपानी पुग्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण