लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
काठमाडौँ । लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन् ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि जर्सीको डिजाइन गरिएको छ । गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा रहेको छ भने बायाँ भागमा आक्रामक अवतारको सिंहको टाउको प्रतीक रहेको छ ।
भगवान् बुद्धको जन्मस्थानको रूपमा सुपरिचित लुम्बिनी नेपालको एक पवित्र बौद्ध तीर्थस्थल हुनुको साथै विश्व सम्पदा स्थल पनि हो । विश्वका प्रमुख पवित्र धार्मिक स्थलहरूमध्ये लुम्बिनी एक हो, जसको भ्रमण गर्न बुद्धले आफ्ना अनुयायीहरूलाई सल्लाह दिएका थिए ।
जर्सी अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि आनी छोइङ डोल्माले भनिन्, “आज हाम्रो लुम्बिनी लायन्सको जर्सी औपचारिक रूपमा लोकार्पण भएको छ, यसमा मलाई एकदमै खुसी लागेको छ । जसरी संसार भरका सबै मानिसहरूको मन मस्तिष्कमा शान्ति फैलाउन भगवान् बुद्धको भूमिका रहेको छ, त्यसै गरी लुम्बिनी लायन्सले पनि सबै जनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने कामना गर्दछु ।”
जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्स क्लबका ब्राण्ड एम्बास्डर राजेश हमालले भने- ‘क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रूपमा काम गरेको छ । हरेक वर्ग, उमेर र आस्थाका मानिसहरुलाई क्रिकेटले एकै ठाउँमा ल्याएको छ । लगाव, समुहमा मिलेर काम गर्ने क्षमता र दृढ अठोट– यी कुराहरूले हरेक क्रिकेट खेलाडी र क्रिकेट प्रेमीहरूलाई एकताबद्ध गर्दछन् र मलाई व्यक्तिगत रूपमा पनि यी गुणहरू अति आवश्यक लाग्छन् ।
आज यस लुम्बिनी लायन्सको जर्सी सार्वजनिक गर्दै गर्दा मलाई यस्तो लागेको छ कि यो जर्सी क्लबको पहिचान मात्र नभएर हाम्रा क्रिकेटरहरूको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरूको अटुट साथको प्रतिविम्ब पनि हो । लुम्बिनी लायन्स क्लबमार्फत नेपाल प्रिमियर लिग एवम् समस्त नेपाली क्रिकेटसँग जोडिएर युवा क्रिकेटरहरूको प्रतिभालाई नजिकबाट नियाल्न पाउँदा म अत्यन्तै उत्साहित छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026