मुख्यमन्त्री लामाद्वारा विपद् प्रभावित बेथान चोकको अनुगमन
काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गत असोजमा आएको बाढी पहिरोले क्षतिग्रस्त क्षेत्रको अनुगमन गरेका छन् । मुख्यमन्त्री लामाले शनिबार बेथानचोक गाउँपालिकाका बाढी पहिरोले क्षतिग्रस्त विभिन्न स्थानको अनुगमन गरेका हुन् ।
मुख्यमन्त्री लामाले पुनर्निर्माण गर्नका लागि तीनै तहका सरकारबिच सहकार्य गरेर काम गर्न आवश्यक रहेको बताए । उनले बागमती प्रदेशका बाढी प्रभावित विभिन्न स्थानीय तहलाई लक्षित गरेर योजना बनाउने र कार्यान्वयनमा लैजाने बताए ।
मन्त्री लामाले बागमती प्रदेश सरकारले विपद्मा परेका नागरिकहरूलाई बजेट वितरण गर्ने कार्य गरिरहेको बताउँदै काभ्रेमा विपद्ले पारेको क्षतिको विवरण सङ्कलन गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबिच तालमेल मिलाउन र निर्णय गर्न बाँकी रहेको बताए ।
उनले प्रदेशले कार्यविधि अनुसार बाढी पहिरोबाट मृत्यु भएकाहरूलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ वितरण गर्ने काम भइरहेको बताए ।
असोजको दोस्रो साता आएको बाढी पहिरोमा परी बेथानचोक गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन्। विपद्बाट यस पालिकाका २८२ घरपरिवार विस्थापित भएका छन् भने ४८१ घर पूर्ण रूपमा क्षति र ११६३ वटा घरमा आंशिक क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण