अन्ततः वेस्ट इन्डिजले इङ्ल्यान्डलाई हरायो, चार ब्याट्सम्यानको अर्धशतक
काठमाडौँ । घरेलु टोली वेस्ट इन्डिजले आइतबार विहान सम्पन्न चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई पाँच विकेटले हराएको छ । पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला भने यसअघि नै इङ्ल्यान्डले जित्ने पक्का भइसकेको छ ।
इङ्ल्यान्ड शृंखलाको पहिलो खेलमा आठ विकेटले, दोस्रो खेलमा सात विकेटले र तेस्रो खेलमा तीन विकेटले विजयी भएको थियो । चौथो खेलमा वेस्ट इन्डिज विजयी भएपछि शृंखला ३–१ को स्थितिमा पुगेको छ । पाँचौँ तथा अन्तिम खेल सोमबार खेलिने छ ।
चौथो खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोलीले भने १९ ओभरमा पाँच विकेट गुमाएर दुई सय २१ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
वेस्ट इन्डिजको जितमा दुई ब्याट्सम्यानले अर्धशतकीय योगदान गरे । ओपनर एभिन लेविसले ६८ र साई होपले ५४ रन बनाए । लेविस र होपले ओपनिङ विकेटका लागि एक सय ३६ रनको साझेदारी गरेका थिए ।
लेविसले केवल ३१ बलको सामना गरी सात छक्का र चार चौका हिर्काए । ३२ वर्षीय लेविसले टी–२० अन्तर्राष्ट्रियमा बनाएको यो १२औँ अर्धशतक हो । साई होपले केवल २४ बलको सामना गरी तीन छक्का र सात चौका हिर्काए ।
३१ वर्षीय होपले टी–२० अन्तर्राष्ट्रियमा बनाएको यो पाँचौँ अर्धशतक हो । क्यारेबियन टोलीका लागि कप्तान रोभमन पोवेलले पनि ३८ रनको योगदान गरे । उनले २३ बलमा तीन छक्का र दुई चौका प्रहार गरे ।
सेरफन रुथरफोर्डले पनि टोलीको खातामा अविजित २९ रन थपे । उनले १७ बलको सामना गरी तीन छक्का पनि हिर्काए । इङ्ल्यान्डका बलर रेहन अहमदले तीन विकेट लिए । त्यसअघि पहिलो ब्याटिङ गरेको इङ्ल्यान्डका लागि पनि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए ।
ओपनर फिल साल्टले ५५ रन बनाए । विकेटकिपर ब्याट्सम्यान साल्टले ३५ बलमा चार छक्का र पाँच चौका प्रहार गरे । २८ वर्षीय साल्टले टी–२० अन्तर्राष्ट्रियमा बनाएको यो चौथो अर्धशतक हो । ज्याकब बेथलले पनि टोलीका लागि अविजित ६२ रनको योगदान गरे ।
ज्याकबले केवल ३२ बलको सामना गरी पाँच छक्का र चार चौका हिर्काए । २१ वर्षीय बेथलले टी–२० अन्तर्राष्ट्रियमा बनाएको यो दोस्रो अर्धशतक हो । कप्तान जस बट्लरले पनि टोलीको खातामा ३८ रन थपे । उनले २३ बलमा तीन छक्का र दुई चौका प्रहार गरे ।
ओपनर विल ज्याक्सले पनि २५ रन बनाए । उनले केवल १२ बलमा दुई छक्का र एक चौका हिर्काए । साम कर्रनले टोलीको खातामा २४ रन थपे । उनले १३ बलमा दुई छक्का हिर्काए । वेस्ट इन्डिजका बलर गुडाकेश मोटीले दुई विकेट लिए । वेस्ट इन्डिजका साई होप प्लेयर फ दि म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण