भारतमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण
नयाँ दिल्ली । हाइपरसोनिक मिसाइलको परीक्षणमा भारतले ठुलो सफलता हात पारेको छ । देशमा रक्षा क्षेत्रको अनुसन्धानका लागि प्रसिद्ध डीआरडीओले लामो दूरीसम्म हान्न सक्ने हाइपरसोनिक मिसाइलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । यो परीक्षण ओडिशाको तटीय क्षेत्रमा रहेको एपीजे अब्दुल कलाम टापुमा गरिएको थियो ।
क्षेप्यास्त्र शनिवार परीक्षण गरिएको अधिकारीहरूले बताएका छन् । हाइपरसोनिक मिसाइल जस्तो निकै महत्त्वपूर्ण प्रविधि विकास गर्ने औँलामा गन्न सकिने देशहरूको सूचीमा भारत सामेल भएको भन्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले एक पोस्टमा भनेका छन् । यस सफलताको लागि उनले डीआरडीओ, सशस्त्र बल समेत सम्बन्धित सबैलाई बधाई दिएका छन् । यसलाई उनले अद्भुत सफलता भनेका छन् ।
मिसाइल हैदरावादस्थित डा.एपीजे अब्दुल कलाम मिसाइल कम्प्लेक्स प्रयोगशाला, डीआरडीओ र यस उद्योगसँग सम्बन्धित अन्य साझेदारहरूसँगको सहकार्यमा विकसित गरिएको थियो । यसलाई १ हजार ५०० किलोमिटरभन्दा बढीको दूरीमा अलग अलग पेलोडहरूबाट आक्रमण गर्न सक्ने गरी डिजाइन गरिएको छ । सबै सशस्त्र बलहरूले प्रयोग गर्न सक्ने गरी यसको डिजाइन गरिएको छ ।
मिसाइल परीक्षणको क्रममा डीआरडीओका वैज्ञानिकहरू र सशस्त्र बलका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए । यसलाई विभिन्न दायरा प्रणाली मार्फत ट्र्याक गरिएको थियो । यसपछि क्षेप्यास्त्रको उडानको बारेमा बाहिर आएको तथ्याङ्कले यसको प्रभाव र सही लक्ष्यको पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण