श्रीलङ्कामा एनपीपीले दुई तिहाई ल्याएकोमा एमालेको बधाई
काठमाडौँ । नेकपा एमालेले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा २२५ स्थानमध्ये १५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपीपी) पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेकोमा सो पार्टीलाई बधाई दिएको छ ।
एमाले महासचिव शङ्कर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै एनपीपीको जितले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
श्रीलङ्कामा करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पनि एनपीपीका नेता अनुराकुमार देशनायकेको विजय भएका थिए ।
‘हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास नेकपा (एमाले) व्यक्त गर्दछ’, नेकपा एमालेले भनेको छ ।
‘निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अझ लोकप्रिय र विश्वासिलो बनाउनका लागि जनता विमुक्ति पेरामुना (जेभीपी), यसको अगुवाइमा स्थापित मोर्चा एनपीपी र राष्ट्रपति अनुराकुमार देशानायकेलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास हाम्रो पार्टी व्यक्त गर्दछ’, एमालेको विश्वास छ ।
साथै एमालेले सङ्कटका बेला श्रीलङ्काली जनताले रोजेको विकल्पलाई सही रूपमा सफल पारेर श्रीलङ्काले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण