उम्मेदवारी दिन लागेका व्यक्तिलाई अपहरण शैलीमा अज्ञातस्थल लगेको रास्वपाको आरोप
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार दिन तयार पारेका कार्यकर्तालाई अन्य पार्टीका नेता कार्यकर्ताले धाक धम्की दिएको तथा अपहरण शैलीमा अज्ञातस्थलमा लगेको आरोप लगाएको छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले आइतबार विज्ञप्ति जारी गर्दै उम्मेदवारका लागि तयार रहेकी सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला मङ्सिर १ गते दिउँसो करिब १ बजे थापा र उनका श्रीमान् बल थापालाई करिब ४०–४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लगिएको बताएका छन् ।
घटनाबारे थाहा भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको समेत रास्वपाले जनाएको छ । ‘रास्वपाका उम्मेदवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुन सक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ’, बुर्लाकोटीले भनेका छन् ।
उनका अनुसार उक्त घटनामा स्थानीय नेपाली काँग्रेसका सदस्यहरू संलग्न रहेको सूचना प्राप्त भएको छ । साथै रास्वपाले हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका पार्टीका केही सदस्यहरूलाई समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिट समेत भएको जनाएको छ ।
‘यसैबिच मधेस प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरूलाई धम्की दिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरू भएको छ’, रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘यसरी उम्मेदवार दिन तयार व्यक्ति र निजको परिवारलाई धाक धम्की दिने, मानसिक यातना दिने, प्रलोभन देखाउने र रास्वपालाई उम्मेदवारी नै दिन नदिने यसप्रकारका चरम अलोकतान्त्रिक व्यवहारको हामी घोर निन्दा गर्दछौँ ।’
रास्वपाले पछिल्ला घटनाहरूबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्नका लागि अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण