ग्रामथान गाउँपालिका अध्यक्षमा १६ जनाको उम्मेदवारी
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि १६ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित १५ पार्टी र एक जना स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय मोरङ ग्रामथान गाउँपालिकाले सार्वजनिक गरेको सूचीमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार थारु, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नविन कुमार विश्वास खवास, राप्रपाबाट दिनेशकुमार थन्दार, एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, जसपाबाट धर्मेन्द्रकुमार चौधरीले उम्मेदवारी दिएका छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, राप्रपा नेपालबाट राजु मुसहर, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी (थारु), जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारु, समावेशी समाजवादी पार्टी नेपालबाट बोध नारायण माझी र जसपाबाट सुरेशकुमार राजवंशीले उम्मेदवारी दिएका हुन् । ग्रामथान ५ का नमनारायण चौधरीले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण