केरासँग कहिल्यै खानुहुन्न यी ६ चिज
काठमाडौँ । हामीहरू प्रायः त्यतिकै, खाना वा नास्तामा पनि केरा खाइरहेका हुन्छौँ । केरामा प्रशस्त मात्रामा पोटासियम, फाइबर, प्रोटोन, हेल्दी फ्याट र मिनरल्स पाइन्छ ।
केरा खाँदा सम्पूर्ण शरीरको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । त्यसैले पनि धेरैले यसलाई दैनिक आहारको हिस्सा बनाउँछन् । केरालाई प्रायः विभिन्न चीजहरूसँग मिसाएर खाइन्छ । तर, केही यस्ता खानेकुरा पनि छन् जससँग केरा खाँदा शरीरलाई फाइदाभन्दा पनि हानी गर्छ । आजको यस लेखमा हामीहरू केरासँग खान नहुने केही खानेकुराबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार रहेका छन्:
केरा र कागती
कागतीको साथ केरा खानु हुँदैन । कागती सिट्रस फल हो जसमा अम्लीय तत्त्व पाइन्छ । यसलाई केरासँगै खाँदा स्वास्थ्य बिग्रन्छ । केरासँग कागती खाँदा वाकवाकी लाग्ने, बान्ता हुने र टाउको दुख्ने समस्या हुन्छ ।
केरा र अण्डा
केरासँग प्रोटिनयुक्त खानेकुरा खानबाट सकेसम्म बच्नु पर्छ । अण्डामा प्रचुर मात्रामा प्रोटिन पाइन्छ, त्यसैले यसलाई केरासँग खाइँदैन । केरा र अण्डा सँगसँगै खाँदा पाचन प्रक्रिया सुस्त हुन्छ । यसले पेटमा ग्यास बन्ने सम्भावना बढाउँछ ।
केरा र दूधजन्य उत्पादन
केरा र दूध वा दूधजन्य पदार्थमा उच्च मात्रामा पोषक तत्त्व हुन्छ । यसले शरीरलाई प्रोटिन, म्याग्नेसियम, फस्फोरस, पोटासियम र भिटामिन प्रदान गर्छ । दुवै चीज एकसाथ खाँदा पाचन प्रणालीलाई पचाउन समस्या हुन्छ । यी दुई चिज एकै पटक खाँदा धेरैलाई पेट फुल्ने र असहज महसुस हनु थाल्छ ।
केरा र प्रशोधित कार्बोहाइड्रेट
चिनी राखेर बनाइएको स्न्याक्स वा बेकरी आइटम जस्ता प्रशोधित कार्बोहाइड्रेटहरु केरासँग खानु हुँदैन । यी दुई सँगै खाएमा रगतमा चिनीको मात्रा अचानक कम हुन सक्छ । जसका कारण मानिसमा कमजोरी महसुस हुनुका साथै बारम्बार भोक लाग्ने समस्या देखिन सक्छ । त्यसैले यी दुईलाई एकै पटक खानबाट बच्नुपर्छ ।
केरा र गुलिया चिज
केरामा पहिलेदेखि नै भरपूर मात्रामा प्राकृतिक मिठास हुन्छ । यस्तो अवस्थामा केरालाई अन्य कुनै मीठो चिजसँग खाएमा तौल बढ्ने, मधुमेहको सम्भावना बढ्नुका साथै स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको जोखिम बढ्छ ।
केरा र एभोकाडो
एभोकाडो पनि ती खानेकुराहरूमा पर्छ, जसलाई केरासँग खानबाट सकेसम्म बच्नु पर्छ । यी दुवै खानेकुरामा पोटासियम प्रशस्त हुन्छ । यस्तो अवस्थामा दुवै चीज एकसाथ खाँदा शरीरमा पोटासियमको मात्रा बढ्न सक्छ । यसले हाइपरकेलेमिया गराउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण