हिरासतमा भएका मृत्युको अनुसन्धान गर्न माग गर्दै एम्नेस्टीको ‘राइट फर राइट्स’ अभियान
काठमाडौँ । हिरासतमा भएका मृत्युहरूको अनुसन्धान माग गर्दै एम्नेस्टी इन्टरनेशनलले ‘राइट फर राइट्स’ अभियान सुरु गरेको छ ।
जसअन्तर्गत हिरासतमा भएका मृत्यु रोक्न तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेको छ । साथै त्यस्ता घटनाहरूमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न पनि एम्नेस्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ ।
२० बर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको राइट फर राइट्स अभियान एम्नेस्टी इन्टरनेश्नलले हरेक वर्ष सञ्चालन गर्ने एउटा मुख्य विश्वव्यापी अभियान भएको बताइएको छ ।
यस अभियानको एक हिस्सास्वरुप एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२० देखि नेपालको हिरासतमा भएका मृत्युहरूको अनुसन्धान माग गर्दै आएको छ ।
हरेक वर्ष हिरासतको संरक्षणमा रहेका केही व्यक्तिहरूको मृत्यु हुने गर्दछ । तर ती घटनाहरूमा कुनै पनि जबाफदेहिता देखिँदैन । यो वर्ष दुईवटा हिरासतमा मृत्युका घटनाहरू सार्वजनिक भएका छन् ।
साउन महिनामा २८ वर्षका झकबहादुर खड्काको चार दिनको हिरासतपछि प्रहरीकै नियन्त्रणमा मृत्यु भएको थियो भने कात्तिक ३ मा ४५ वर्षका मोहम्मद क्यामोदिन चितवन रत्ननगरस्थित प्रहरी हिरासतमा मृत्यु भएको एम्नेस्टीले जनाएको छ । गत वर्ष एक जनाको र २०२१ मा पाँचजनाको हिरासतमा मृत्यु भएका घटना सार्वजनिक भएका थिए ।
यस अभियान अन्तर्गत एम्नेस्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र सबै निकायहरूलाई सबै थुनुवा र बन्दीहरूको मानवअधिकार सुनिश्चित गर्न, सबै हिरासतमा भएका मृत्युका घटनाहरूको गम्भीर छानबिन गर्न र यातना वा घातक दुर्व्यवहारका पीडकहरूका लागि जबाफदेहिता स्थापित गर्न आहान गरेको छ ।
यसअतिरिक्त एम्नेस्टी इन्टरनेसनल नेपालले आङगोला, क्यानडा, साउदी अरब र दक्षिण कोरिया लगायतका जोखिममा रहेका मानवअधिकार रक्षकहरुको मानवअधिकार उल्लंघनको सवालमा अभियान चलाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण