कति पुग्यो पुष्पा २ को ट्रेलरमा भ्युज ?
नयाँ दिल्ली । दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ः द रुल ! डिसेम्बर ५ मा हलमा रिलिज हुँदैछ । यसअघि आइतबार पटनामा फिल्मको ट्रेलर रिलिज भएको थियो ।
ट्रेलर रिलिज हुनेबित्तिकै फ्यानहरूमाझ हलचल मच्चिएको छ । केही घन्टाभित्रै फिल्मको ट्रेलरले सामाजिक सञ्जालमा हंगामा मच्चायो ।
फिल्मलाई लिएर फ्यानहरूमा पहिलेदेखि नै निकै उत्साह थियो । ट्रेलर रिलिजपछि फिल्मप्रति अपेक्षा बढेको छ । ट्रेलर रिलिज भएको एक घण्टामै यसलाई २० लाखभन्दा बढीले हेरेको थिए ।
२ घण्टामै पुष्प २ को ट्रेलरले इतिहास रच्यो । दुई घण्टामा यसलाई ४० लाख भन्दा धेरै पटक हेरियो । यो समाचार तयार पार्ने बेलामा ट्रेलर रिलिज भएको १७ घन्टा बितेको थियो भने भ्युज ३ करोड १० लाख बढी थियो ।
युट्यूबमा ट्रेलर ट्रेन्डिङको तेस्रो नम्बरमा थियो । फ्यानहरूले ट्रेलरमा धमाधम कमेन्ट र शेयर गरिरहेका छन् । फिल्मले बक्स अफिसमा कमाईका सुनामी ल्याउने अनुमान पनि केहीले गर्न थालेका छन् ।
फ्यानहरूलाई अल्लु अर्जुनको डाइलग निकै मन परिरहेको छ । ट्रेलरमा अल्लुको स्वाग बाहेक पनि अभिनेत्री रश्मिका मन्दानासँगको उनको रोमान्सलाई पनि दर्शकले निकै रुचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण