धनगढीमा सुदूरपश्चिम रोयल्सले आयोजना गर्यो भव्य र्याली
काठमाडौँ । आगामी नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीमा हजारौँको सहभागितामा भव्य र्याली आयोजना गरेको छ । सुदूरपश्चिम रोयल्सले धनगढीको चौराहदेखि रङ्गशालासम्म आयोजना गरेको र्यालीमा हजारौँको सहभागिता रहेको थियो ।
_cmcFuCV2ex.jpg)
र्यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा पनि सहभागी थिए । यसैगरी उक्त र्यालीमा सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, ईशान पाण्डे, अमित श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द र टोलीका मालिक स्वतन्त्र प्रताप शाह पनि र्यालीमा सहभागी थिए ।
_iH4WgOhlVz.jpg)
र्यालीमा ओलम्पियन तथा क्लबका ब्रान्ड एम्बेसडर दीपक विष्ट, फाप्ला क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीलगायतको पनि सहभागिता रहेको थियो । र्यालीमा स्थानीय संस्कृति र भेसभुसा झल्कने झाँकी पनि प्रदर्शन गरिएको थियो ।
सुदूरपश्चिम रोयल्सले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए ।
_agNoajp8je.jpg)
सुदूरपश्चिम रोयल्सका खेलाडीले अब केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । क्यानको आयोजनामा हुने एनपीएलमा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता मङ्सिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ ।
ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो, सुदूरपश्चिम रोयल्स । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो ।
_3EHvb89LY5.jpg)
सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहेका छन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।
सुदूरपश्चिम रोयल्सको अन्य खेलाडीमा भने आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खड्क बोहोरा, ईशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन क्याकमलेन (स्कटल्यान्ड), सेफ अली जेब (इङ्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) रहेका छन् ।
_qEfezKj7aj.jpg)
_IyGcOBxXPV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026