युक्रेनलाई क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिइएकोमा रुस असन्तुष्ट, अब के गर्लान् पुटिनले ?
मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई युद्धमा लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएका छन् । यस्तो क्षेप्यास्त्र अमेरिकाले नै युक्रेनमा पठाउँदै आएको छ । अमेरिकाको यो निर्णयप्रति असन्तुष्ट देखिएको रुसले यसबारे कडा प्रतिक्रिया जनाएको छ ।
रुसका सांसद लियोनिड स्ल्टस्कीले अमेरिकाको यो कदमले निश्चित रूपमा तनाव बढाउने बताए । रुसका सिनेटर भ्लादिमिर दजबारोभले अमेरिकाको पछिल्लो निर्णयलाई ‘तेस्रो विश्वयुद्धतर्फ बढाइएको कदम’ भनेका छन् ।
अब रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले के गर्नेछन् भन्नेबारे धेरैको चासो छ । उनी यस सम्बन्धमा अहिलेसम्म मौन देखिएका छन् ।
सोमबार रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग भने, ‘यस प्रकारको निर्णय लिइएको छ भने यसको अर्थ तनावको नयाँ चक्र सुरु हुनेछ । यो विवादमा अमेरिका उत्रिने नयाँ स्थिति सिर्जना हुनेछ ।’
पेस्कोभले बाइडेन प्रशासनमाथि आरोप लगाउँदै भने, ‘बाइडेनले आगोमा घिउ हाल्ने काम गरेका छन् र यो विवादमा लगातार तनाव बढाउने काम गरेका छन् ।’
हालै रुसले उत्तर कोरियाली सैनिकलाई युद्ध क्षेत्रमा तैनाथ गरेको छ । रुसी सैनिकसँग मिलेर युक्रेनमाथि हमला गर्नका लागि उत्तर कोरियाली सैनिकलाई तैनाथ गरिएको हो ।
केही अघि क्रेमलिनले पश्चिमी देशलाई स्पष्ट शब्दमा सम्झाएको थियो । क्रेमलिनले भनेको थियो, ‘लामो दुरीको हतियार प्रयोगमा लगाइएको प्रतिबन्ध नहटाउनुहोस् । युक्रेनलाई रुसको भित्री भूभागसम्म क्षेप्यास्त्र हमला गर्ने अनुमति नदिनुहोस् ।’
गत सेप्टेम्बरमा पुटिनले युक्रेनलाई यस्तो अनुमति दिइएको खण्डमा युक्रेनसँग रुसको युद्धमा नेटोको प्रत्यक्ष सहभागिताका रूपमा लिइने बताएका थिए । उनले थप प्रस्ट पार्दै भनेका थिए, ‘यसको मतलब नेटो देश रुससँग युद्ध गरिरहेका छन् भन्ने बुझिनेछ ।’
यसै महिना रुसले देशको परमाणु सिद्धान्तमा संशोधनको घोषणा गरेको थियो, जस अन्तर्गत मस्कोले परमाणु हमलालाई लिएर निर्णय लिन सक्छ ।
रुसी राष्ट्रपति पुटिनको आगामी कदम के हुनेछ भन्ने अनुमान गर्न कठिन भए पनि उनले केही संकेत दिएका छन् । गत जुनमा विभिन्न समाचार एजेन्सीका प्रमुखसँगको कुराकानीमा पुटिनले भनेका थिए, ‘यदि कसैले हाम्रो क्षेत्रमा निशाना बनाउन हतियार दिन्छ भने हामी पनि विश्वका यस्ता देशलाई हतियार दिन सक्छौँ जसले उनीहरूको संवेदनशील क्षेत्रमा निशाना बनाउन सक्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण