एमालेले दानमा पाएको जग्गा विवादः न्यायाधीश मल्ल र मुसलमानको इजलासमा पेसी तोकियो
काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गासम्बन्धी विवादमा दायर भएको रिट निवेदनको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएको छ।
यसअघि आइतबार उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेसी परेको थियो । तर हेर्न नभ्याउने हुँदै स्थगित भएपछि मंगलवार पुन: नयाँ इजलासमा पेसी तोकिएको हो
अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा आज पनि सुनुवाई हुने सम्भावना न्यून रहेको छ। उक्त मुद्दा भन्दा अघि १७ थान मुद्दा सुनुवाईका लागि पेसी तोकिएका छन् । सोही कारण उक्त मुद्दाको सुनुवाई हुने सम्भावना न्यून रहेको हो ।
उक्त मुद्दामा पहिलो सुनुवाई गर्दै सर्वोच्चले कात्तिक १२ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङसँग जग्गा तत्काल लिने कार्य रोक लगाएको थियो ।
अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने गुरुङको निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै कात्तिक ७ गते रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण