पुटिनले गरे नयाँ परमाणु नीतिमा हस्ताक्षर
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महत्वपूर्ण निर्णय अनुसार संशोधित परमाणु नीतिमा हस्ताक्षर गरेका छन् । कुनै पनि देशले परमाणु युद्ध सम्पन्न देशको सहयोगले रुसमाथि हमला गरेमा त्यसलाई संयुक्त आक्रमण मानिने र त्यस्तो अवस्थामा रुस सरकारले आणविक हतियार प्रयोग गर्न सक्ने नयाँ नीतिमा उल्लेख छ । तर, यो अवस्थामा केही शर्तहरू पनि थपिएका छन् । पुटिनको यो निर्णय रुस-युक्रेन युद्धको एक हजार दिन पूरा भएकै दिनमा आएको हो ।
बाइडेनको निर्णयले बढाएको हो, आणविक युद्धको खतरा ?
अमेरिकामा बाइडेनको सरकारले युक्रेनलाई रुसमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएको छ । यसप्रति रुसले कडा प्रतिक्रिया दिँदै उचित जवाफ दिने बताएको छ । संशोधित आणविक नीतिमा हस्ताक्षर गर्ने पुटिनको कदमलाई पनि बाइडेनको निर्णयको प्रतिक्रिया मानिएको छ । रुसको नयाँ आणविक नीतिमा रुसमाथि ठूलो मात्रामा हवाई आक्रमण भएमा रुसले जवाफमा आणविक हतियार प्रयोग गर्न सक्ने प्रावधान छ ।
यसअघि पनि युक्रेनी सेनाले अमेरिकी लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्दै आएको थियो तर, यो प्रयोग सीमा क्षेत्रमा मात्र सीमित थियो । अब सत्ता छोड्नै लाग्दा बाइडेनले ठूलो निर्णय लिएर युक्रेनलाई रुसभित्र पनि लामो दुरीका मिसाइलले आक्रमण गर्ने अनुमति दिएका छन् ।
यो स्वीकृतिसँगै रुसको सैन्य अड्डा, सैन्य प्रतिष्ठान र अन्य महत्वपूर्ण लक्ष्य युक्रेनको निशानामा परेको विज्ञहरुको विश्वास छ । यसले रुस–युक्रेन युद्धको सम्पूर्ण तस्वीर बदल्न सक्ने विश्लेषण आइरहेका छन् । रुसले अमेरिकाको कदमको आलोचना गर्दै यसलाई युद्ध भड्काउने प्रयास भनेको छ ।-एजेन्सीको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण