वेल्सको उत्कृष्ट पुनरागमन, आइसल्याण्डको पोष्टमा ४ गोल
बुधबार, ०५ मङ्सिर २०८१, ०४ : ४०

एजेन्सी । आइसल्याण्डविरुद्ध शानदार प्रदर्शनसाथ पुनरागमन गरेको वेल्सले सुरक्षित बढुवा (प्रोमोशन प्लेअफ)को सम्भावना बढाएको छ । युईएफए नेसन्स लिग अन्तर्गत घरेलु मैदानमा मंगलबार राती भएको खेलमा वेल्सले पाहुना टोली आइसल्याण्डविरुद्ध गोल वर्षा गरेको थियो ।
आइसल्याण्डलाई ४-१ ले हराएसँगै वेल्सले बढुवा प्लेअफ सुरक्षित गरेको छ । वेल्स १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । एक गोल फर्काएको आइसल्याण्डले रेलिगेशन प्लेअफ जोगाएको छ ।
वेल्सलाई जिताउन अंग्रपंक्तिका लियाम कलन एक्लैले दुई गोल गरे । पहिलो आधी (हाफ)अघि उनले गरेका दुबै गोल असिस्ट गोल थिए । दोस्रो आधी (हाफ)पछि जोनसन र जेम्सले एक-एक गोल गरे । आइसल्याण्डका लागि गुडजोनसनले खेलको ७ औं मिनेट मै गोल गरेका थिए ।