मदनकृष्णको अभिनयमा ‘बुढेसकाल’
बुधबार, ०५ मङ्सिर २०८१, ०७ : ४६

काठमाडौँ । लोकप्रिय बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ l हरिभक्त बुढाथोकीले रचेको गीतको संगीत चेतन चुडाल र एरेन्ज चन्दन शाहले गरेका छन् ।
गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठसँगै अभि सुनार, मारिया कार्की, जेशिका पोख्रेल, राधिका गजमेरको पनि अभिनय छ । भिडियोमा बालकलाकार फयाश्री निरौला, अंशु बराइली, लिजेन बराइली, जुविन कोइराला, सुयांश सापकोटाको समेत अभिनय देख्न सकिन्छ । गीतमा वृद्ध अवस्थाका दुःख, पीडा र पारिवारिक अपहेलनालाई प्रस्तुत गरिएको छ ।
भिडियोका निर्देशन सङ्केत अगस्तिले गरेका छन् भने मुकेश हुँमागाईं र टिमले छायांकन र मीन रावलले कलर एवं सम्पादन गरेका हुन् । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको सुझाव– गल्ती नगर्नु, बिचौलियाबाट बच्नु
-
धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूलाई सास्ती
-
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
-
कैलालीमा अटो दुर्घटना, १० महिनाका बालकको मृत्यु
-
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति
-
बेनी–जोमसोम–कोरला सडक खण्डको ८४ प्रतिशत भौतिक प्रगति