मदनकृष्णको अभिनयमा ‘बुढेसकाल’
बुधबार, ०५ मङ्सिर २०८१, ०७ : ४६
काठमाडौँ । लोकप्रिय बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ l हरिभक्त बुढाथोकीले रचेको गीतको संगीत चेतन चुडाल र एरेन्ज चन्दन शाहले गरेका छन् ।
गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठसँगै अभि सुनार, मारिया कार्की, जेशिका पोख्रेल, राधिका गजमेरको पनि अभिनय छ । भिडियोमा बालकलाकार फयाश्री निरौला, अंशु बराइली, लिजेन बराइली, जुविन कोइराला, सुयांश सापकोटाको समेत अभिनय देख्न सकिन्छ । गीतमा वृद्ध अवस्थाका दुःख, पीडा र पारिवारिक अपहेलनालाई प्रस्तुत गरिएको छ ।
भिडियोका निर्देशन सङ्केत अगस्तिले गरेका छन् भने मुकेश हुँमागाईं र टिमले छायांकन र मीन रावलले कलर एवं सम्पादन गरेका हुन् । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण