९ अंकले बढ्यो नेप्से परिसूचक
बुधबार, ०५ मङ्सिर २०८१, १५ : १२

काठमाडौँ । मंगलबार ५१ अंकले घटेको सेयर बजार (नेप्से)मा बुधबार ९ अंकको वृद्धि देखिएको छ । २७०५ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच परिसूचक २७११.७५ बिन्दुमा पुगेको छ ।
बुधबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ८९ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।
बुधबार १ करोड ५४ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार कारोबार रकमका हिसाबले नाग्दी ग्रुप पावर शीर्ष स्थानमा छ । यसको ३२ करोड ८१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
बुधबार विकास बैंकप्रति लगानकर्ताहरू झुम्मिए । यो उपसमूहको सूचक ३.३८ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स उपसमूह १.६६ र जलविद्युत् उपसमूहको सूचक १.२८ प्रतिशतले बढ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित