९ अंकले बढ्यो नेप्से परिसूचक
बुधबार, ०५ मङ्सिर २०८१, १५ : १२
काठमाडौँ । मंगलबार ५१ अंकले घटेको सेयर बजार (नेप्से)मा बुधबार ९ अंकको वृद्धि देखिएको छ । २७०५ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच परिसूचक २७११.७५ बिन्दुमा पुगेको छ ।
बुधबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ८९ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो ।
बुधबार १ करोड ५४ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार कारोबार रकमका हिसाबले नाग्दी ग्रुप पावर शीर्ष स्थानमा छ । यसको ३२ करोड ८१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
बुधबार विकास बैंकप्रति लगानकर्ताहरू झुम्मिए । यो उपसमूहको सूचक ३.३८ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स उपसमूह १.६६ र जलविद्युत् उपसमूहको सूचक १.२८ प्रतिशतले बढ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण