यी हुन् बुधबारको नेप्सेमा उच्च अंकले बढेका १० कम्पनी
काठमाडौँ । बुधबारको सेयर बजार सामान्य अंकले बढ्यो । आज कारोबार भएकामध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ । आज उच्च अंकले मूल्य बढेका कम्पनीको सूचीमा विकास बैंकहरूको बाहुल्यता रह्यो ।
बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १११ रुपैयाँले बढ्दै १२२१ रुपैयाँ कायम भएको छ । सिन्धु विकास बैंकको सेयर मूल्य ७८ रुपैयाँले बढेर ८६२ रुपैयाँ प्रतिकित्ता पुगेको छ भने नेपाल हाइड्रो हाइड्रो डेभलपर्सको मूल्य ६५ रुपैयाँ बढेर प्रतिकित्ता ७१५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्त वित्तीय संस्था र कर्णाली विकास बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्यो । सप्तकोशीको सेयर मूल्य ७७ रुपैयाँ बढ्दै ८४९ रुपैयाँ, महिला लघुवित्तको २१९ रुपैयाँ बढ्दै २४१० रुपैयाँ प्रतिकित्ता कायम भएको छ । कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ७८४ रुपैयाँ छ । आज यसको प्रतिकित्ता सेयर मूल्य ७१ रुपैयाँले बढ्यो ।
जानकी फाइनान्स लिमिटेड र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य पनि १० प्रतिशतका दरले उकालो लाग्यो । जानकीको मूल्य प्रतिकित्ता १०७२ र सपोर्ट माइक्रोफाइनान्सको ९०० रुपैयाँ पुगेको छ ।
आज उच्च अंकले मूल्य बढ्ने १० कम्पनीको सूचीमा सुपर मादी हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युत् पनि परेको छ । यी दुई कम्पनीको मूल्य क्रमशः ८.४२ र ७.८८ प्रतिशतले उकालो लाग्यो । आज सुपरमादी हाइड्रोपावरको सेयर प्रतिकित्ता ८९९ रुपैयाँ र माथिल्लो मैलुङ खोलाको ६८२ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण