दुर्गा प्रसाईं सिंहदरबार वृत्तको हिरासतमा
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर उनलाई सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्यूरोका एसपी दीपक राज अवस्थीले रातोपाटीलाई बताए ।
बुधबार म्याद थपका लागि प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । न्यायाधीश माधव प्रसाद अधिकारीले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन् ।
यसअघि साइबरसम्बन्धी मुद्दामा पक्राउ पर्दा अदालतको आदेशले उनलाई अस्पतालमा राखिएको थियो । तर, बुधबार न्यायाधीश माधव प्रसाद अधिकारीले उनलाई अस्पतालमा राख्नेबारे आदेश गरेनन् । प्रसाईंका कानुन व्यवसायी र निजी चिकित्सकले उनलाई साँघुरो कोठामा राख्दा संक्रमण हुने र स्वास्थ्यमा समस्या रहेको जिकिर गर्दै अस्पताल राख्न आदेश हुनुपर्ने माग गरे । तर, न्यायाधीश अधिकारीले त्यसबारे आदेश गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण