किर्ते गर्ने सौर्य एयरलाइन्सको व्यवस्थापन पक्षलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी
काठमाडौँ । मृत्युपछि छोरीको हस्ताक्षर किर्ते गर्ने सौर्य एयरलाइन्सको व्यवस्थापन पक्षलाई कारबाही गर्न माग गर्दै पीडित परिवारले बुधबार प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
पीडित परिवारको तर्फबाट पत्रकार प्रकाश खतिवडाले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी ऊर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडाको मृत्युपछि हस्ताक्षर किर्ते गरी नक्कली कागज तयार गरेर एयरलाइन्स व्यवस्थापन पक्षले गम्भीर अपराध गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता नं. ४०६० मा दर्ता भएको उजुरीमा १२ वर्षदेखि ऊर्जा मन्त्रालयमा कार्यरत छोरीको व्यापारिक स्वार्थ पुरा गर्न एयरलाइन्सको व्यवस्थापन पक्षले गैर कानुनी हर्कत गरेर मरणोप्रान्त छोरीलाई भ्रष्ट सावित गर्न खोजेको र पीडित परिवारको आत्मसम्मान र स्वाभिमानमा ठेस पुर्याएको उल्लेख छ ।
उजुरीमा जहाज दुर्घटना छानबिन गर्न बनेको सरकारी आयोग गठन गर्दा कानुन विपरीत योग्यता नै नपुगेकालाई आयोगको सदस्य बनाइएको र आयोगले नियोजित प्रतिवेदन तयार गरेको आरोप लगाइएको छ ।
उक्त प्रतिवेदनको पुन परीक्षण गर्न संवैधानिक आयोग गठन गर्न उजुरीमा माग गरिएको छ ।
‘सौर्य जहाज दुर्घटनाको मुख्य कारण एयरलाइन्स व्यवस्थापन पक्षको जानाजान लापरबाही, प्राविधिक त्रुटि र मानवीय कमजोरी हो भन्ने स्पष्ट छ । उक्त कुरा सरकारी आयोगको प्रतिवेदनले समेत पुष्टि गरेको छ’ उजुरीमा भनिएको छ ।
१८ जनाको ज्यान जाने गरी भएको उक्त घटनाका मुख्य दोषी वायुसेवा कम्पनी र यसको व्यवस्थापन पक्ष लगायत सम्बद्ध सबै दोषीलाई कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन उजुरीमा माग गरिएको छ ।
गत २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण