युईएफए महिला च्याम्पियन्स लिगमा वुल्सवर्गको गोल वर्षा
काठमाडौं । युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगमा जर्मनीको वुल्सवर्गले उत्कृष्ट पुनरागमन गरेको छ । सुरुवाती दुई खेल गुमाएको वुल्सवर्गले पछिल्लो दुई खेल भने फराकिलो अन्तरले जितेको छ ।
समूह ए’मा रहेको वुल्सवर्गले गालातासारेसँगको दोस्रो खेलमा ५-० को जित निकाल्यो । यो जितले वुल्सवर्गका लागि अर्को चरण प्रवेशको सम्भावना बढाएको छ । घरेलु मैदानमा यसअघि पनि ५-० ले हारेको गालातासारे अवे मैदानमा समेत ५-० को फराकिलो अन्तरले स्तब्ध हुन पुग्यो ।
वुल्सवर्गको फराकिलो जितमा अलेक्जेन्ड्रा पोपले ह्याट्रिक गरिन् भने लेना लिट्वीन र जेनिना मिंजले एक-एक गोल गरे । जितसँगै वुल्सवर्ग अघिल्लो चरण प्रवेशको सम्भावना बढाएको छ । अंक अन्तरले वुल्सवर्ग तालिकाको तेस्रो स्थानमा रहेपनि गोल अन्तरका आधारमा सम्भावना कायमै छ । समूहको शीर्ष स्थान भने फ्रान्सको लियोंले ओगटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण