चेल्सी दुई खेल अगावै क्वार्टरफाइनमा प्रवेश
बिहीबार, ०६ मङ्सिर २०८१, ०३ : ५७
एजेन्सी । इंग्लिश क्लब चेल्सी दुई खेल अगावै युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनमा प्रवेश गरेको छ । बुधबार राती घरेलु मैदानमा सेल्टिकलाई ३-० गोल अन्तरले हराउँदै चेल्सीले महिला च्याम्पियन्स लिगको अन्तिम १६ मा ठाउँ पक्का गरेको हो ।

खेलको अतिरिक्त समयमा इभ पेरिसेटले पेनाल्टीमा गोल गर्दै चेल्सीको क्वार्टरफाइन यात्रा फराकिलो पारिदिईन् । पहिलो आधी (हाफ)अघि लुसी ब्रुन्जी र विके कप्टिनले एक-एक गोल गरेका थिए ।
चार खेलमा लगातार जित निकालेको चेल्सी १२ अंक बटुलेर समूहको शीर्ष स्थानमा छ भने ९ अंक बटुलेको रियाल मड्रिडले समेत समूह बी’बाट अन्तिम १६ को ढोका खोलेको छ । अहिलेसम्म गोलविहीन सेल्टिकको भने सम्भावना लगभग समाप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण