युईएफए महिला च्याम्पियन्स लिग : रोमाविरुद्ध लियोंको शानदार प्रदर्शन
बिहीबार, ०६ मङ्सिर २०८१, ०४ : २६
एजेन्सी । फ्रान्सेली क्लब लियों दुई खेलअघि नै युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनमा पु्गेको छ । बुधबार राती घरेलु मैदानमा भएको खेलमा इटालीको रोमालाई ४-१ गोल अन्तरले हराउँदै लियोंले अन्तिम १६ मा ठाउँ बनाएको हो ।
हालसम्म अपराजित रहेको लियों समूह ए’को शीर्ष स्थानमा छ । गोल अन्तर समेत फराकिलो पारेको उसले समूह विजेताका रुपमा क्वार्टरफाइनल यात्रा तय गर्ने समेत प्रवलता छ । समूह चरणका दुई खेल बाँकी नै रहेको र दोस्रो स्थानको वुल्सवर्गसँग अंकदुरी बराबर रहेका कारण रोमाको क्वार्टरफाइन सम्भावना भने जीवितै छ ।
घरेलु मैदानमा लियोंको शानदार प्रदर्शन दौरान के डायनी एक्लैले दुई गोल गरिन भने उगेनी ले सोमर र वेन्डि रेनार्डले एक–एक गोल गरे । रोमाकातर्फबाट गिउलिया ड्रागनीले एक गोल फर्काईन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण