७ दिनमा सय करोड पनि कमाएन ३५० करोडमा बनेको यो फिल्मले
नयाँ दिल्ली । फिल्मको कथामा कुनै दम भएन भने मेगा बजेट, चर्चित अनुहार र पूरैै मेहनत त्यति खेर जान्छ । चलचित्र ‘कंगुवा’ पनि यस्तै भयो । यो फिल्म बनाउन निर्माताहरुले धेरै वर्षको मिहेनत गरेका थिए । माहौल पनि राम्रै बनाइएको थियो । तर पहिलो दिनमै दर्शकहरूले यो फिल्मलाई पूर्ण रुपमा अस्वीकार गरे ।
न त सूर्या चम्किए न त बबी नै
फिल्ममा दक्षिण भारतीय सुपरस्टार सूर्या मुख्य भूमिकामा छन् । बलिउड अभिनेता बबी देओलले खलनायकको भूमिका निर्वाह गरेका छन् । उनी गत वर्ष रणवीर कपुरको फिल्म ‘एनिमल’मा अबरार भन्ने व्यक्तिको नकारात्मक भूमिका खेलेर उनी निकै निकै चर्चामा आएका थिए ।
फिल्म रिलिज हुनुअघि बबी देओलको नेगेटिभ रोलको निकै चर्चा पनि चलेको थियो । तर, यसपटक दर्शकले बबी देओलको स्टाइल मन पराएनन् । यो फिल्मले समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएन । सामाजिक सञ्जालमा पनि प्रयोगकर्ताले नकारात्मक प्रतिक्रिया दिए ।
दोस्रो दिनदेखि नै घट्न थाल्यो आम्दानी
फिल्म यही १४ नोभेम्बरमा रिलिज भएको थियो । झन्डै ३५० करोड भारुमा बनेको यो फिल्मले सबै भाषाहरूसहित पहिलो दिन २४ करोड भारुको आपनिङ्ग कलेक्सन गरेको थियो । तर दोस्रो दिन फिल्मको कमाइको ग्राफ नराम्रोसँग खस्कियो । पहिलो दिनको तुलनामा दोस्रो दिन आधाभन्दा कम व्यापार भयो । दोस्रो दिन फिल्मले ९ करोड ५० लाख भारु मात्रै कमाएको थियो ।
मन्डे टेष्टमा फेल
‘कंगुवा’ ले तेस्रो दिन ९ करोड ८५ लाख भारु कमायो । चौथो दिन अर्थात् आइतबार कमाइमा अलिकति वृद्धि भयो । उक्त दिनको फिल्मको कलेक्सन १० करोड २५ लाख भारु थियो । पाँचौँ दिन सोमबारको टेस्टमा फिल्म नराम्ररी असफल भयो । फिल्मले ३ करोड १५ लाख भारु मात्रै कमाउन सक्यो । मंगलबार छैटौँ दिन फिल्मले ३ करोड २५ लाखको व्यापार गर्यो ।
कंगुवाको बुधबारका आम्दानीको तथ्याङ्क पनि सार्वजनिक भएको छ । प्रारम्भिक रिपोर्ट अनुसार बुधबार सातौं दिन फिल्मले १ करोड ६१ लाख भारु मात्रै कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कलेक्सन ६१ करोड ६१ लाख भारु पुगेको छ । एक हप्ताको कमाइले दोस्रो हप्तामै फिल्म हलबाट उत्रिने सङ्केत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण