सिस्नेरी घटनामा जीवन गुमाउने किशोर खेलाडीका आफन्तद्वारा एन्फा मुख्यालयमा तालाबन्दी
काठमाडौँ । सिस्नेरी घटनाका पीडित परिवारले न्यायको माग गर्दै बिहीबार ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा तालाबन्दी गरेका छन् । उक्त घटनामा जीवन गुमाएका किशोर खेलाडीहरूको आफन्तले एन्फामा तालाबन्दी गरेका हुन् ।
गत असोज १२ गते मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित एन्फा वात्सल्यदेबी एकेडेमीमा पहिरोमा परी ६ जना किशोर खेलाडीको निधन भएको थियो । उक्त घटनामा किशोर खेलाडी आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आयार्च, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनको निधन भएको थियो ।
उक्त घटनामा जीवन गुमाएका किशोर खेलाडीका आफन्तहरूले एन्फाको वर्तमान नेतृत्वको कमजोरीका कारण उक्त घटना भएको आरोप लगाउँदै आएका छन् । आफन्तहरूले घटनापछि पनि एन्फा नेतृत्वले मृतकका परिवारलाई पीडा थोपर्ने काम गर्दै आएको दुःखेसो पनि पोखेका छन् ।
मृतक खेलाडीका आफन्तहरूले घटनाको निष्पक्ष छानबिन गरिनु पर्ने माग पनि राखेका छन् । यसअघि उक्त घटनामा जीवन गुमाउने खेलाडीहरूका आफन्तले पत्रकार सम्मेलन पनि गरेका थिए । निरन्तर न्यायको माग गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै अहिले उनीहरुले बिहीबार एन्फा मुख्यालयमा ताला लगाएका हुन् । मृतक खेलाडीका आफन्तहरू अहिले एन्फा मुख्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण