बच्चाले सामाजिक सञ्जाल चलाएमा ३ करोड डलर जरिवाना
क्यानबेरा । १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रायाेगमा रोक लगाउने विषयमा अस्ट्रेलिया सरकार निकै कठोर बनेको छ । सरकारले संसदमा नयाँ कानुन पेस गरेको छ, जसअनुसार १६ वर्षमुनिका बालबालिकाले प्रतिबन्धका बाबजुद पनि सामाजिक सञ्जाल चलाएको पाइएमा सो कम्पनीले तीन करोड डलर जरिवाना तिर्नुपर्नेछ । बालबालिकालाई फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने देशको सूचिमा अस्ट्रेलिया पनि जोडिएको छ ।
जिम्मेवारी सबै कम्पनीमाथि हुनेछ
तर, अस्ट्रेलियाका सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई आफ्नो प्लेटफर्म प्रयोग गर्नबाट कसरी प्रतिबन्ध लगाउने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । नयाँ प्रस्तावित कानुनमा गोपनीयताका प्रावधानहरू पनि छन् । यसमा सामाजिक सञ्जाल कम्पनीहरूले उमेरसम्बन्धी प्रमाणीकरण बन्द गर्नु पर्नेछ ।
अस्ट्रेलियाकी सञ्चार मन्त्री मिशेल रोल्याण्डले बिहीबार भनेकी छिन् कि अस्ट्रेलियालीहरूको सुरक्षा र मानसिक स्वास्थ्यको जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीमाथि हुनेछ । बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गरेमा तिनका अभिभावक नभई सामाजिक सञ्जाल कम्पनीलाई जरिवाना लगाइने मन्त्रीले बताइन् । नयाँ कानुनले सबै जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीहरूलाई दिएको छ ।
सरकारको निर्णयमाथि उठिरहेछ प्रश्न
नयाँ कानुनमा, सामाजिक सञ्जाल प्लेटफर्म युट्युब र म्यासेजिङ र भिडियो गेम एपहरूलाई छुट मिल्न सक्नेछ । यी प्लेटफर्महरू शैक्षिक र मनोरञ्जन गतिविधिहरूमा पनि प्रयोग गरिने भएकोले यी एपले छूट पाउने सम्भावना छ । आफूले नयाँ कानुन पालना गर्ने सामाजिक सञ्जाल कम्पनीहरूले भनेका छन् ।
तर हतारिएर अनि खास परामर्शविना कडा कानुन ल्याउन लागेको भन्दै कम्पनीहरूले सरकारलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालहरूमा रोक लगाउँदा युवाहरू अनियमित र गोप्य अनलाइन प्लेटफर्मतिर जाने हो कि भन्ने चिन्ता केही विशेषज्ञहरूले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण