माछापोखरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
बिहीबार, ०६ मङ्सिर २०८१, १७ : २४
काठमाडौँ । काठमाडौँको माछापोखरीमा दुई जनाको शव भेटिएको छ । काटमाडौँ–१६ स्थित माछापोखरीमा छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
बसन्तनगरस्थित क्लासिकल होटलमा २८ वर्षीय भोला पाठक मृत फेला परेका छन् । पाठक नुवाकोटको ककनी नगरपालिका–६ का स्थानिय हुन् ।
त्यस्तै मितेरी पुल नजिकै खाली जग्गामा करिब ५५ वर्षीय पुरुष मृत फेला परेका छन् । उनको सनाखत गर्ने प्रयास भइरहेको एसपी अधिकारीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण