भारतीय सेना प्रमुख द्विवेदीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्दै
बिहीबार, ०६ मङ्सिर २०८१, १८ : ३३
काठमाडौँ । भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । दिउँसो २ बजेपछि प्रधानमन्त्री ओली र द्विवेदीको बिचमा भेटवार्ता तय गरिएको नेपाली सेनाका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
द्विवेदीले शुक्रबार रक्षामन्त्री मानवीर राईसँग पनि भेट्दै छन् । भारतीय सेना प्रमुखले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । भेटमा भारत र नेपालको आपसी हित र पारस्परिक सम्बन्धबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । दुई देशका सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परालाई निरन्तरता दिनेबारे दुवै सैनिक प्रमुखबिच छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण