आईपीओ पाइपलाइनमा थपिए ४२ कम्पनी, झण्डै ४५ अर्बको सेयर आउँदै
काठमाडौँ । आईपीओको पाइपलाइनमा ४२ वटा कम्पनी थपिएका छन् । नेपाल धितापत्र बोर्डमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि सो बराबरको संख्यामा कम्पनीहरूले आवेदन दिएका हुन् ।
यसअघि २०८० फागुन २० गतेसम्म ३५ वटा कम्पनी पाइपलाइनमा थिए । अहिले यसको संख्या ७७ पुगेको छ । फागुन २० देखि अहिलेसम्म आवेदन दिएका कम्पनीलाई समेत समावेश गरेर पाइपलाइनमा राखिएको धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डको विवरण अनुसार पाइपलाइनमा रहेको कम्पनीहरूले ४४ अर्ब ७५ करोड रुपैयाँका ३१ करोड ७८ लाख कित्ताका लागि आवेदन दिएका छन् । त्यसमध्ये हाइड्रोपावर संख्या मात्रै ३७ वटा रहेको छ । सो क्षेत्रमा १५ अर्ब रुपैयाँ बराबरका १५ करोड कित्ता शेयर बिक्रीको अनुमतिसहित आवेदन परेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधनमूलक क्षेत्रका १३ वटा कम्पनीका १९ अर्ब २२ करोड रुपैयाँ बराबरका ७ करोड ९७ लाख कित्ता शेयर बिक्रीका लागि बोर्डका आवेदन परेको छ ।
होटल तथा पर्यटनतर्फ २ अर्ब ९८ करोड रुपैयाँ बराबरका २ करोड ७८ लाख कित्ता, माइक्रो इन्स्योरेन्स अन्तर्गत ४ कम्पनीको ९० करोड रुपैयाँ बराबर ९० लाख कित्ता तथा अन्य समूहका १५ कम्पनीका ६ अर्ब ३७ करोड रुपैयाँ बराबरका ४ करोड ४३ लाख कित्ता शेयर रहेका छन् ।
नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका कारण अहिले धितोपत्रहरुको आईपीओ प्रक्रिया अगाडि बढ्न सकेको छैन । योबिचमा रिलायन्स स्पिनिङ मिलले स्वीकृति पाएकोमा लेखा समितिको निर्देशनपछि यो समेत रोकिएको अवस्था छ । बाँकीको प्रक्रिया भने अघि बढेको छैन ।
बोर्डको अध्यक्ष नियुक्तिका लागि यसअघि अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा नआएका तीन जनालाई यही ९ गते बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण