नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा
बिहीबार, ०६ मङ्सिर २०८१, २० : ५४
काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाल ओलम्पिक कमिटीको महासचिव रहेका श्रेष्ठले नेपालको खेलकुद क्षेत्रको विकास, खेलाडीहरूको हितमा काम र अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुदलाई थप उचाइमा पुर्याउन अध्यक्षमा उम्मेदवारी घोषणा गरेको जानकारी दिएका छन् ।
उनले भने, ‘मैले पाएको यो अनुभव र मैले सिकेको शिक्षालाई अझ प्रभावकारी रूपमा उपयोग गर्दै, आगामी दिनमा संस्थालाई थप सक्षम र पारदर्शी बनाउने मेरो प्रतिबद्धता रहेको छ ।’ खेलकुद क्षेत्रको प्रगति र खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न आफू निरन्तर प्रयासरत रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण