प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल
धुलिखेल । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै गएको बताएका छन् ।
धुलिखेल अस्पतालले एक दशकदेखि सञ्चालन गर्दै आएको ल्यापरास्कोपिक सर्जरी तालिमका १० औँ समूहका सर्जनहरूलाई समापन सत्रमा सम्बोधन गर्दै मन्त्री पौडेलले पछिल्लो समय शल्यचिकित्सा (सर्जरी)मा अत्याधुनिक प्रविधिहरू र तालिम पाएका जनशक्तिहरूले गर्दा नागरिकहरूको स्वास्थ्य अवस्था राम्रो हुँदै गएको बताए ।
‘स्रोतसाधन अभावमा सीमित संख्यामा सर्जनहरूलाई समयानुकूल प्रविधियुक्त तालिम दिन सकिएको छ । यसका लागि धुलिखेल अस्पताल जस्ता प्रतिष्ठानहरूले सरकारसँग सहकार्य गरेर सर्जरी तालिमलाई सरकारी अस्पतालसम्म लैजानु पर्छ’, उनले भने ।
अस्पतालले द रोयल कलेज अफ सर्जन्स् अफ इडिजबर्ग, नेप्लिज डाक्टर्स एसोसियसन युके, डाभोस कोर्श सीट्जरल्याण्ड र हेल्थ एक्सचेन्ज नेपालको सहयोगमा नेपालमै पहिलो पटक ‘वेट ल्याब’ सञ्चालन गरेको हो ।
धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर डा. बलराम मल्लका अनुसार प्रशिक्षार्थी सर्जनहरुले वेट ल्याबमा मानवलाई झैं शल्यक्रिया गर्ने ल्यापरोस्कोपिक तरिका सिकेका थिए । ३ दिनको तालिममा विभिन्न अस्पतालका २० र धुलिखेलका २ गरी २२ जना सर्जनहरु सहभागी थिए । कम्तीमा ३० वटा सर्जरी गरिसकेको सर्जनहरुमात्रै तालिममा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण