पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै
बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सरिक हुन लुम्बिनी आउँदै छन्। मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ। आज उक्त विहारको उद्घाटन सङ्घीय सांसद बाबुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्यारल्केल लामा र उक्त विहार प्रमुख छोक्याइ निमा रिम्पुन्छे गर्ने जनाएको छ।
उद्घाटन भएपछि पुर्पुरा पूजामा सरिक हुन पूर्व राजा लुम्बिनी आउने भएका हुन् । ज्ञानेन्द्रको लुम्बिनीमा पूजा बाहेक अन्य कार्यक्रम भएको औपचारिक जानकारी नआएको लुम्बिनी विकास कोषले जनाएको छ। शाह पूजा सकेर आज नै काठमाडौँ फर्कने योजनामा रहेको बताइएको छ।
महायान परम्परा अनुसार चलिरहेको पूजामा अहिले १२ देशका ६ सय भन्दा धेरै बुद्धिमार्गिहरु सहभागी भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पूर्वराजाको सवारीमा कुनै भिआइपी सुरक्षा व्यवस्था नभएको जानकारी दिएको छ । तर भिडभाड हुने ठाउँमा आवश्यकता अनुसार प्रहरी परिचालन गर्ने तयारीमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
शाह आउँदा लुम्बिनी आउने पर्यटनलाई पनि कुनै असर नपर्ने विकास कोषले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण