आईपीएलको मेगा अक्सनमा फेरि थपियो जोफरा आर्चरको नाम
काठमाडौँ । निकट भविष्यमा हुने इन्डियन प्रिमियर लिगको मेगा अक्सनमा इङ्गल्यान्डका प्रभावशाली तीव्र गतिका बलर जोफरा आर्चरको नाम फेरि थपिएको छ । यसअघि मेगा अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम सूचिमा २९ वर्षीय आर्चरको नाम थिएन ।
आईपीएलको मेगा अक्सन नोभेम्बर २४ र २५ तारिखमा साउदी अरेबियाको जेद्दाहमा आयोजना हुँदै छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार, अक्सनका लागि विश्वभरबाट एक हजार पाँच सय ७४ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए ।
त्यसमध्येबाट मेगा अक्सनका लागि पाँच सय ७४ जना खेलाडीको अन्तिम सूचि सार्वजनिक गरिएको थियो । पहिलो सूचिमा जोफरा आर्चरको नाम पनि थियो । तर, अन्तिम सूचिमा भने उनको नाम हटाइएको थियो ।
प्रभावशाली बलर आर्चरको नाम हटाइनुको कारण भने केही खुलाइएको थिएन । तर, मेगा अक्सनको मिति नजिकिँदै जाँदा अहिले आएर पुनः मेगा अक्सनको अन्तिम सूचिमा उनको नाम समेटिएको समाचारमा जनाइएको छ ।
बिहीबार अबेरसम्म चलेको छलफलपछि आर्चरको नाम मेगा अक्सनको अन्तिम सूचिमा समावेश गरिएको बताइएको छ । मेगा अक्सनमा आर्चरको न्युनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको पनि समाचारमा जनाइएको छ ।
आईपीएलमा सहभागी क्लबहरुले रिटेन (आफैसँग राख्ने) र रिलिज (अन्य क्लबमा जान स्वतन्त्र छाडने) खेलाडीहरूको सूचि सार्वजनिक गरेपछि अब अक्सनमार्फत दुई सय चारजना खेलाडी छनोट गरिने छ । बाँकी खेलाडी भने मेगा अक्सनमा बिक्री हुने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण