क्रेडिट रेटिङको प्रत्यक्ष फाइदा बैंकलाई, विदेशी ऋणमा डेढ प्रतिशतसम्म घट्ने
शुक्रबार, ०७ मङ्सिर २०८१, १४ : ३८
काठमाडौँ । नेपालीका बैंक तथा वित्तीय संस्थाले विदेशबाट ल्याउने ऋणको ब्याजदर १.५ प्रतिशतसम्म घट्ने भएको छ । नेपालले ‘सार्वभौम क्रेडिट रिपोर्ट’ प्राप्त गरेसँगै यो अवस्था बनेको हो ।
नेपालको क्रेडिट रेटिङ गरेको फेच एजेन्सीका लागि नेपाली सल्लाहकार स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत गोरखशम्शेर राणाका अनुसार जोखिम प्रिमियम घट्दा यस्तो ब्याजदर घट्ने भएको हो ।
अहिले विदेशी वित्तीय संस्थाले नेपालको बैंक तथा वित्तीय संस्थालाई ऋण दिँदा ४.५ प्रतिशतसम्म जोखिम प्रिमियम थप्ने गरेको उनी बताउँछन् ।
रेटिङ नहुँदासम्म ऋणदाताले ऋण दिँदा सबैभन्दा तल्लो रेटिङ अर्थात् सी रेटिङका आधारमा प्रिमियम लगाउँदै आएका थिए ।
अहिले प्राप्त भएको रिपोर्टमा डबल–बी माइनस रेटिङ पाएपछि यसको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थालाई पर्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण