बिहीबार युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सहर डिनिप्रोमा बिहीबार बिहान भएको हमला युक्रेनी आक्रमणको जवाफ भएको बताएका छन् । यससँगै पुटिनले युक्रेनलाई हतियार उपलब्ध गराउने देशलाई सीधा चेतावनी समेत दिएका छन् ।
पुटिनले भने, ‘युक्रेनले अमेरिका र बेलायतले उपलब्ध गराएको लामो दुरीका हतियार र मिसाइलले रुसी क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको थियो । बिहीबार डिनिप्रोमा भएको रुसी आक्रमण त्यसको प्रतिक्रिया थियो ।’
‘रुसले त्यस्ता उद्देश्यका लागि आफ्नो हतियार प्रयोग गर्न अनुमति दिने देशहरूको सैन्य आधार शिविरमा पनि आक्रमण गर्न सक्छ ।’ अझ अगाडि चेतावनीको स्वरमा पुटिनले भने । डिनिप्रोमा गरिएको आक्रमणको बारेमा जानकारी दिँदै पुटिनले भने– ‘यो आक्रमण मध्यम दूरीको मिसाइलद्वारा गरिएको थियो, जसको कोड नाम ओराश्निक हो ।’
यो क्षेप्यास्त्र १० म्याक अर्थात् २ दशमलव ५ देखि ३ किलोमिटर प्रति सेकेन्डको गतिमा आफ्नो लक्ष्यमा पुगेको थियो । ‘कुनै पनि घटनाक्रमको लागि तयार छौं । यदि कसैले अझै पनि यसबारे शंका छ भने त्यो उसले नगरेकै राम्रो । यसको जवाफ हामी सधैं दिनेछौं,’ पुटिनले अझ अगाडि भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण