उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय
काठमाडौँ । हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरेको छ । एयरलाइन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा यात्रुहरूलाई सहज बनाउन २१ नोभेम्बर देखि नै उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरेको उल्लेख गरेको छ ।
एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौँबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्मको उडानमा उच्च हवाई भाडा लिएको भनी आएको जनगुनासो प्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।
एयरलाइन्सले हवाई टिकटको कालोबजारी नियन्त्रण गर्न तथा विदेश यात्रा गर्ने सर्वसाधारणका लागि उचित भाडा उपलब्ध गराउन आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडा दर कायम गरेको पनि जानकारी गराएको ेछ ।
एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, ‘हिमालय एयरलाइन्सले सबै ट्राभल एजेन्टहरूलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गरिसकिएको छ । साथै ट्राभल एजेन्टहरूलाई हप्तामा कम्तीमा दुई पटक इमेल पठाइरहेको छ । यदि कसैले कालोबजारी गरिएको भेटिएमा नेपालको सम्बन्धित कानुन अनुसार कारबाही गरिने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण