पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकार रोयल आचार्यलाई समाचारको विषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
केटिएम भ्वाइसका सम्पादक समेत रहेका आचार्यलाई समाचारको निहुँमा विभिषा पोखरेल भन्ने व्यक्तिले फोन गरेर धम्क्याएको महासङ्घले जनाएको छ । पैसा खाएर विद्यार्थी पास गराएको विषयमा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा केटिएम भ्वाइसमा समाचार प्रकाशित भएको थियो ।
प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरुद्ध रहेको महासङ्घले जनाएको छ ।
प्रेस विरोधी यस्ता घटनाको महासङ्घले कडा शब्दमा निन्दा गर्दै महासङ्घले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर प्रेसको संविधानप्रदत्त अधिकारको सम्मा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण