च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
एजेन्सी । युरोपियन शीर्ष लिगमध्येको एक फ्रेन्च लिग वानमा एएस मोनाकोले संघर्षपूर्ण जित निकाल्दै आफ्नो च्याम्पियन्स लिग यात्रालाई बलियो बनाएको छ । घरेलु मैदानमा मोनाकोले ब्रेष्टविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको हो । मोनाकोलाई जिताउन माघनेस एक्लैले दुई गोल गरे भने गोलोविनले एक गोल गरेका थिए । पाहुना टोली ब्रेष्ट दोस्रो आधी (हाफपछि) १० जनामा समेटिएर दबाबमा आए पनि थप एक गोल फर्काएको थियो ।
उसका लागि अतिरिक्त समयमा अजोर्क लुडोभिकले गोल गरेका हुन् । त्यसअघि ५०औं निमेटमा सिमा अब्दुल्लाले गोल गर्दै टोलीलाई लयमा पर्काएका थिए । यो जितसँगै मोनाकोले च्याम्पियन्स लिग यात्रालाई थप बलियो बनाएको छ । १२ खेलबाट २६ अंक जोडेको मोनाको अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको पेरिस सेन्ट जर्मेनको समान खेलबाट ३२ अंक छ । हार व्यहोरेको ब्रेष्ट भने रेलिगेशन प्लेअफको डालोमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण