चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको स्पष्ट पारेका छन् । काठमाडौँस्थिति चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारी सधान हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा उनले दूतावासको सहयोग दुई देशबीचको सम्बन्धका कडीका रुपमा रहेको बताए ।
उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकामा आभार प्रकट गरे । समुदायलाई चिकित्सा सेवा उपलब्ध गराउन क्लिनिकका रुपमा स्थापना भएको सो चिकित्सालयले सुविधा सम्पन्न अस्पतालकै जस्तो सेवा उपलब्ध गराउँदै आएको उनको भनाइ थियो ।
नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै दुई देशबीच विविध क्षेत्रमा सहकार्यबाट महत्वपूर्ण नतिजा हासिल भइरहेको बताए । उनले छत्रपाटी निःशुल्क चिकित्सालयले सर्वसुलभ
शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा खुसी व्यक्त गरे । सो अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासले उपलब्ध गराएको विद्युतीय सवारी साधन हस्ताक्षरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनार्दन शर्मालाई प्रश्न– आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ ?
-
‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप
-
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव (तस्बिरहरू)
-
परराष्ट्रको पत्र ‘गैरकानुनी’ भन्दै कूटनीतिक नियोगहरूलाई अर्को पत्र
-
नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबिच ३५ मिनेट फोनवार्ता : के –के भयो कुराकानी ?
-
तपाईलाई सुगर भएको त होइन ?