सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको सप्तकोशी न्युरो अस्पतालको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयवासीले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन् ।
यही कात्तिक २५ गते व्यवसायी दुर्गा प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नंको गाडीले कोशी–३ स्थित नहर चौकमा को १८ प ७६९४ नंको मोटरसाइकललाइ ठक्कर दिँदा घाइते भएका स्थानीय ६० वर्षीय फुलेश्वर मेहताको शुक्रबार उपचारका क्रममा निधन भएको थियो ।
घाइते भएका मेहतालाई भोक्राहा–५ मा रहेको सप्तकोशी न्युरो अस्पतालमा उपचारका लागि ल्याइएकामा अस्पतालको लापरबाहीपछि बिरामीमा थप समस्या देखिएको र थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा पठाइएकामा शुक्रबार मेहताको निधन भएको थियो ।
आफन्तले मेहता प्रसाईंको गाडीको ठक्करबाट घाइते भएको र उनकै सालो अध्यक्ष रहेको अस्पतालको लापरबाहीका मृत्यु भएको आरोप लगाएका छन् । मृतककी छोरी किरणकुमारी मेहताले अस्पतालको लापरबाहीका कारण बुबाको मृत्यु भएको भन्दै भोक्राहा–४ स्थित पूर्व पश्चिम राजमार्गमा शव राख विरोध प्रदर्शन गरेको बताइन् ।
गाडीको ठक्करबाट घाइते भएका बुबाको अवस्था सामान्य रहेको जानकारी अस्पताल प्रशासनले नै दिएको र पछि समस्या भयो भनेर अर्को अस्पताल पठाएकामा औषधिको ‘ओभरडोज’ ले समस्याको थाहा पाएपछि आफूहरू विरोधमा उत्रिएको मृतककी अर्की छोरी रिकिता मेहताले बताइन् ।
पीडित परिवारले चक्काजाम गरेपछि क्षतिपूर्ति र रोजगारी दिने सहमतिपश्चात यातायात सञ्चालनमा आएको छ । क्षतिपूर्तिबापत न्युरो अस्पतालले नगद रु आठ लाख र इन्सुरेन्सबापत पाँच लाख गरी रु १३ लाख उपलब्ध गराउने सहमति जुटेको कोसी गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले जानकारी दिए ।
यसैगरी, शैक्षिक योग्यताअनुसार परिवारका दुई जनालाई रोजगारी र परिवारका सदस्यको आजीवन उपचार गर्नेसमेत दुई पक्षीय सहमति भएको अध्यक्ष अंसारीले बताए । अस्पतालले आफुहरूबाट उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण