डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
महोत्तरी । चिकित्सक अभावमा यहाँस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो ।
तलब, भत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा सरोज भगतले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ ।
उक्त अस्पतालमा दैनिक दुई सय बिरामी आउने गरेका छन् । विशेषज्ञ डाक्टर नहुँदा आफूहरू प्रभावित भएकोे जलेश्वर–२ का अनिलकुमार साहले बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या सामाधानतर्फ आफू लागेको बताए।
उनले अस्पताल व्यस्थापन समिति, मधेस सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए । साथै उनले राजीनामा गरेका डाक्टरलाई हाललाई असारसम्मको तलबभत्ता लिएर काममा फर्कन तथा बाँकी रकम पनि यथाशक्य चाँडो व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण