नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेन : अध्यक्ष अग्रवाल
काठमाडौँ । उद्योग परिसंघ (सिएनआई) अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन नसकेको बताएका छन् ।उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रमका बोल्दै उनले भने– 'नेपालमा उद्योग दर्ता, सञ्चालन प्रक्रियाका लागि उद्योग सँग सम्बन्धित नीतिहरू जटिल छन् । वन, खानी लगायत उद्योगमा आवश्यक कच्चापदार्थसँग सम्बन्धित नीतिहरू उद्योगमैत्री छैनन् ।'
उद्योगमैत्री नीति नहुँदा वैदेशिक लगानीसमेत भित्रिन नसकेको उनको भनाइ छ । 'हालसम्म उद्योग क्षेत्रको योगदान १२।५ प्रतिशत मात्रै छ । माग दैनिक घटिरहेको छ । विदेशबाट आउने विप्रेषण बढेको छ । आन्तरिक उत्पादन घटेको छ,' उनले भने, 'देशको राजनीतिक अस्थिरता र कमजोर औद्योगिक पूर्वाधार छ । पर्याप्त पुँजी तथा दक्ष जनशक्ति को अभाव छ । कच्चा पदार्थको अभाव आयातित वस्तुसँग स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमताको कमी हुँदा उद्योगहरू सङ्कटमा छन् ।'
उद्योगसम्बन्धी समस्या समाधानका लागि सरकारले उद्योगमैत्री नीति निर्माण गरिनुपर्ने उनको भनाइ छ । सरकारले आयात प्रतिस्थापन गरी निर्यातमा प्रतिस्थापन गर्नुपर्ने अग्रवाल बताउँछन् । यसैगरी सरकारले पुँजीगत खर्च बढाउनु पर्ने विकट स्थानमा उद्योग निर्माण गरिनु पर्ने उनको भनाइ छ । वन तथा खानी सम्बन्धी नीति नियम उद्योग मैत्री बनाउनुपर्ने अग्रवाल बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण