भारतले एक दिनमै ६४ करोड मत गनेपछि एलन मस्कको यस्तो प्रतिक्रिया
नयाँदिल्ली । विश्वका सबैभन्दा धनाढ्य उद्योगपति एलन मस्कले भारतीय चुनाव व्यवस्थाको तारिफ गरेका छन् । यति मात्रै होइन उनले अमेरिकाको चुनावी प्रक्रियामाथि कटाक्ष पनि गरेका छन् ।
सामाजिक सञ्जालमा एक जना प्रयोगकर्ताले ‘भारतले एक दिनमा ६४ करोड भोट गन्यो’ लेखेका थिए । यो पोस्टमा प्रतिक्रिया दिँदै मस्कले ‘भारतले एक दिनमा ६४ करोड भोट गन्यो, तर क्यालिफोनिर्यामा अझै पनि मत गन्ने काम भइरहेको छ,’ लेखेका थिए ।
अमेरिकामा निर्वाचन भएको २ हप्ताभन्दा धेरै समय बितिसकेको छ । तर क्यालिफोनिर्यामा अझै मत गणना चलिरहेको छ भन्दै एक प्रयोगकर्ताले आफ्नो पोष्टमा यस्तो बताएका थिए । यसमा प्रतिक्रिया दिँदै मस्कले दुःखद भनेका थिए । भारतको निर्वाचन विश्वमै सबैभन्दा ठुलो हो ।
क्यालिफोर्नियामा जारी छ मतगणना
क्यालिफोर्नियामा ३ लाखभन्दा धेरै ब्यालेट पेपर गन्न बाँकी छ । राष्ट्रपति चयनका लागि नोभेम्बर ५ मा भएको निर्वाचनबाट पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति भइसकेका छन् ।
क्यालिफोर्नियाको जनसङ्ख्या ३ करोड ९० लाख छ । यीमध्ये १ करोड ६० लाखले मतदान गरेका थिए । यसमा अधिकांश मानिसले हुलाकमार्फत मतदान गरेका थिए । त्यसैले पनि त्यहाँ मतगणना ढिला भएको हो । सन् २०२० को निर्वाचनमा पनि यहाँ मत गनेर सक्न कयौँ हप्ता लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण