सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि
काठमाडौँ । सूर्य नेपाल गल्फ टुरको सन् २०२४–२५ सिजन सोमबारदेखि सुरु हुँदैछ । सिजनको पहिलो प्रतियोगिताका रुपमा सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हनेछ ।
प्रतियोगितामा चर्चित प्रोफेसनल र एमेच्योर गल्फ खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता ७२ होलको हुनेछ । सूर्य नेपाल सेन्ट्रल ओपनको कुल पुरस्कार राशी आठ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको पहिलो स्थान हासिल गर्ने खेलाडीले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । दोस्रो हुने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्न गर्नेछ ।
यसैगरी, प्रतियोगितामा तेस्रो स्थानमा हासिल गर्ने खेलाडीले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छ । एमेच्योर सदभाव आचार्य साविक विजेता हुन् । उनी यसपटक उपाधि रक्षाको अभियानमा हुनेछन् ।
यसका अतिरिक्त, प्रतियोगितामा चर्चित प्रोफेसनल खेलाडी भुवन नगरकोटी, निरज तामाङ, धन थापा, सञ्जय लामा, रवी खड्का, तोरण शाही, कुमार कामीलगायतको पनि सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण