सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाव
आइतबार, ०९ मङ्सिर २०८१, १३ : ४२
काठमाडौँ । गहुँबालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन मार्फत गहुँबालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराई क्षेत्रमा मंसिर २५ गते भित्र गहुँ बाली छरिसक्नु पर्ने सुझाएको हो ।
सो बुलेटिनमा तराईका लागि बाणगंगा, बि. एल. ४३४१, एनएल ९७१, आदित्य जातका गहुँको बीउलाई भाइटाभेक्स २ ग्राम प्रति केजीका दरले उपचार गरेर मात्रै गर्नुपर्ने समेत उल्लेख छ ।
नेपालमा वार्षिक रूपमा करिब ७ लाख हेक्टरमा गहुँ खेती हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण