इन्डियन प्रिमियर लिग क्रिकेट मेगा अक्सन
अर्शदीप १८ करोडमा पञ्जाबमा र राबडा १० करोड ७५ लाखमा गुजरातमा
आइतबार, ०९ मङ्सिर २०८१, १६ : ३६
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा अर्शदीप सिंहलाई पञ्जाब किङसले खरिद गरेको छ । आइतबार जारी अक्सनमा अर्शदीपको न्युनतम मूल्य दुई करोड भारतीय रुपैयाँ रहेको थियो ।
अर्शदीपलाई पञ्जाबले १८ करोड भारतीय रुपैयाँमा खरिद गरेको हो । उनका लागि चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्सलगायतका क्लबले पनि बोली लगाएका थिए । अन्ततः उनलाई भित्राउन पञ्जाबले राइट टु म्याच (आरटीएम) कार्ड प्रयोग गरेको थियो ।
यसैगरी, दक्षिण अफ्रिकाका तिब्रगतिका बलर कागिसो राबडा गुजरात टाइटन्समा आबद्ध भएका छन् । राबडलाई गुजरात टाइटन्सले १० करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनको न्युनतम मूल्य दुई करोड रुपैयाँ तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण