बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
इन्डियन प्रिमियर लिग क्रिकेट मेगा अक्सन

२७ करोडमा बिक्री भए ऋषभ पन्त, दिल्लीले ११ करोड ७५ लाखमा किन्यो मिचेल स्टार्कलाई

आइतबार, ०९ मङ्सिर २०८१, १७ : ०८
आइतबार, ०९ मङ्सिर २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा ऋषभ पन्त सबैभन्दा महंगा खेलाडी घोषित भएका छन् । आईपीएलको आइतबार जारी अक्सनमा लखनउ सुपर जायन्ट्सले ऋषभ पन्तका लागि कीर्तिमानी रकम खर्चिएको हो ।

मेगा अक्सनमा लखनउ सुपर जायन्ट्सले उनलाई २७ करोड भारतीय रुपैयाँमा खरिद गर्यो । यसअघि जारी अक्सनमा श्रेयष ऐयर कीर्तिमानी मूल्यमा बिक्री भएका थिए ।

मेगा अक्सनमा श्रेयष ऐयरलाई पञ्जाब किङ्सले २६ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । तर, लगत्तै ऋषभ पन्तले त्यो कीर्तिमान तोडेका हुन् ।

यसैगरी मिचेल स्टार्कलाई दिल्ली क्यापिटल्सले खरिद गरेको छ । आइतबार जारी मेगा अक्सनमा उनका लागि दिल्ली क्यापिटल्सले ११ करोड ७५ लाख भारतीय रुपैयाँ खर्च गरेको हो ।

जारी अक्सनमा मिचेल स्टार्कको न्युनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप